काडमाडौं । नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले ‘चेम्बर एक्स्पो, २०२२’ ले विश्वव्यापी कोभिड–१९ महामारीले असहज बनाएको मुलुकको आर्थिक गतिविधिलाई चलायमान बनाउने बताएका छन् ।
एक्स्पो उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष मल्ले कोभिड–१९ महामारीपछिको असहज परिस्थितिकाबीच चेम्बर एक्स्पो आयोजना गरिएको पनि बताउँदै एक्स्पोले मुलुकको आर्थिक गतिविधिलाई चलायमान बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका छन् ।
सन् २०१५ देखि वार्षिक रूपमा आयोजना हुँदै आएको चेम्बर एक्स्पो कोभिड–१९ महामारीका कारणले पछिल्ला केही वर्ष स्थगित गर्नु पर्ने बाध्यात्मक अवस्था सृजना भएको जानकारी दिँदै अध्यक्ष मल्लले भने, ‘एक्स्पोलाई चेम्बरले अबदेखि नियमित वार्षिक कार्यक्रमका रूपमा निरन्तरता दिने पनि निवेदन गर्दछु ।’ मुलुकभित्र आयोजना हुने अन्तर्राष्ट्रिय स्तरका ब्यापार मेला तथा प्रदर्शनीहरूले नवीनतम प्रविधि, उत्पादन, उपभोक्ताको चाहना एवम् बजारीकरण आदि आर्थिक तथा व्यापारिक गतिविधिहरूको प्रत्यक्ष अवलोकन गर्न सकिने हुनाले चेम्बर एक्स्पोहरूले स्वदेशी उद्यमी व्यवसायी एवम् आम उपभोक्ताहरूका लागि अत्यन्तै उपयोगी हुने अध्यक्ष मल्लको भनाई छ ।
मेलामा गुणस्तरीय सामान प्रयोग गर्न एवं उपभोक्ता हितसम्बन्धी जनचेतना अभिवृृद्धि गर्ने दायित्वलाई प्रर्दशनीले प्राथमिकता दिने अपेक्षा गरिएको छ । यस्तै निकासी अभिवृद्धि गर्नेमा पनि चेम्बर मेलाले सहयोग गर्ने विश्वास गरिएको छ । मेलामा घरेलु तथा स्वदेशी उत्पादनका साथै कृषि एवम् जडिवुटीजन्य वस्तुहरू, इलोक्ट्रोनिक सामान, गार्मेन्ट्स एवम् टेक्स्टायल, छालाजन्य बस्तुहरू, कस्मेटिक, खाद्य तथा दुग्ध जन्य सामग्रीहरू प्रर्दशनीमा राखिएका छन् ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय एवम् व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको सहकार्यमा आयोजित अन्तराष्ट्रिय मेलामा बंगलादेश पार्टनर कन्ट्रीको रूपमा रहेको छ । मेलामा नेपाल, भारत, पाकिस्तान लगायत अन्य राष्ट्रका उद्योगी व्यवसायी समेत गरि १५० भन्दा बढी स्टलहरू रहेका छन् ।
यो पनि पढ्नुहोस्–
‘नेपाल चेम्बर एक्स्पो, २०२२’ असार २ गतेदेखि, विदेशी उत्पादनकासहित १५० वटा स्टल रहने
FACEBOOK COMMENTS