काठमाडौं । ‘नेपाल चेम्बर एक्स्पो २०२२’ काठमाडौंको भृकुटीमण्डपमा आजदेखि शुरु भएको छ ।
पाँचौ संस्करणको चेम्बर एक्स्पोको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका छन् । पाँचौं संस्करणको चेम्बर एक्स्पोको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले व्यापार घाटा न्यूनीकरण गर्नु मुलुकका लागि मुख्य चुनौती भएको बताएका छन् । स्वदेशी उत्पादनलाई बढी भन्दा बढी गुणस्तरीय बनाई निर्यात प्रवर्द्धनमार्फत व्यापार घाटा न्यूनीकरण गर्न पनि प्रधानमन्त्री देउवाले आग्रह गरेका छन् ।
‘निर्यात प्रवर्द्धन तथा आयात प्रतिस्थापन दुवै विषय निजी क्षेत्रको सक्रिय सहभागित र सहकार्य विना सम्भवन हुँदैन, उनले भने, ‘निकासी प्रवर्द्धन गर्दै व्यापार घाटालाई वान्छित सीमाभित्र राख्न सरकार निजी क्षेत्रसंग सहकार्य गरी अगाडी बढ्न तत्पर छ ।’ नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको प्रर्दशनीले स्वदेशी उत्पादनको प्रवद्र्धनमा सहयोग पुर्याउने प्रधानमन्त्री देउवाको भनाइ छ ।
एउटै प्रर्दशनीमा धेरै किसिमका वस्तुहरु अवलोकन तथा खरीद बिक्री गर्न पाइने भएकाले उपभोक्ता तथा अवलोकनकर्तालाई प्रत्यक्ष फाइदा पुग्ने प्रधानमन्त्री देउवाले बताए । मुलुकको उद्यमशीलता विकास तथा निर्यात प्रवर्द्धनका लागि सरकारले निजी क्षेत्रसँग सधैं हातेमालो गरेर अघि बढ्न चाहेको प्रधानमन्त्री देउवाले प्रतिवद्धता व्यक्त गरेका छन् ।
चेम्बर एक्स्पोले वस्तुहरुको बजारीकरण र उपभोक्ताबीचको रुचि र प्रवृत्तिलाई तालमेल पुर्याउन सक्नेमा समेत प्रधानमन्त्री देउवाले जोड दिएका छन् । यस्तै एक्स्पोले उत्पादक र उपभोक्तालाई जोड्ने र उद्यमी व्यवसायीलाई आफ्नो बस्तुको बजार बिस्तार गर्न सहयोग पुर्याउनेमा पनि प्रधानमन्त्रीले विश्वास व्यक्त गरेका छन् ।
यो पनि पढ्नुहोस्–
चेम्बर एक्स्पोले कोभिड–१९ बाट असहज बनेको आर्थिक गतिविधिलाई चलायमान बनाउँछ : अध्यक्ष मल्ल
FACEBOOK COMMENTS