काठमाडौं । नेपालको निजी क्षेत्रको प्रतिनिधिमूलक पहिलो सस्ंथा नेपाल चेम्बर अफ कमर्सले आईजे ग्रुपका अध्यक्ष रविभक्त श्रेष्ठलाई ‘ईश्वरलाल लाइफटाइम एचिभमेन्ट अवार्ड’बाट सम्मान गरेको छ ।
चेम्बर अफ कमर्सको ७४औँ वार्षिक साधारण सभा तथा चेम्बर दिवसका अवसरमा आज उनलाई सो अवार्डबाट सम्मान गरिएको हो । वार्षिक साधारण सभाको अवसरमा चेम्बरले श्रेष्ठलगायत विभिन्न व्यवसायी तथा चेम्बरका भ्रातृ संस्थाहरूलाई पनि सम्मान गरेको चेम्बर अध्यक्ष कमलेश अग्रवालले जानकारी दिए । ती अवार्ड तथा सम्मानहरू विभिन्न प्रतिष्ठित उद्योगपतिहरूको सम्झनामा स्थापना गरिएका हुन् ।
कार्यक्रममा बनवारी लाल मित्तल मेमोरियल अवार्ड (पर्यटनतर्फ) बाट रैका ट्राभल्सका अमर बहादुर शाही, राजबहादुर चिपालु मेमोरियल अवार्ड (कृषितर्फ) बाट त्रिपुत्र बागवानी मर्फका प्रोप्राइटर फणि नारायण अर्याल (स्याङ्जा) र इन्द्रभक्त मेमोरियल अवार्ड (उद्योगतर्फ) बाट त्रिवेणी ग्रुपका अध्यक्ष पुरुषोत्तम लाल संघाइलाई सम्मान गरिएको छ ।
यसैगरी, बालकृष्ण श्रेष्ठ मेमोरियल अवार्ड (सामाजिक सेवतर्फ) बाट चितवन मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलका अध्यक्ष तथा प्रबन्ध निर्देशक डा. हरिशचन्द्र न्यौपाने, जनकदास श्रेष्ठ मेमोरियल अवार्ड (महिला उद्यमी तथा नवप्रवर्तनतर्फ) जिरो सर्कुलर अनिमा पियालाई सम्मान गरिएको छ । त्यस्तै, बिहारीलाल खेतान मेमोरियल अवार्ड (ट्रेड लजिष्टक्सतर्फ) सांग्रिला अग्रनाइजेशनका अध्यक्ष कुमार दाहाल, जुद्धबहादुर श्रेष्ठ मेमोरियल अवार्ड (व्यापारतर्फ) क्वालिटी रिफाइनरी प्रालिका विराटनगरका घनश्याम काबरालाई सम्मान गरिएको छ ।
त्यस्तै, चेम्बर अफ कमर्सले प्रदेश, जिल्ला तथा नगरतर्फ लुम्बिनी प्रदेश चेम्बर अफ कमर्सका सभापति टंक प्रासद पोखरेल, सुदूरपश्चिम प्रदेश चेम्बर अफ कमर्सका सभापति बिनोद मल्ल, कैलाली चेम्बर अफ कमर्सका प्रमोद अधिकारी र देवदह चेम्बर अफ कमर्स, लुम्बिनी प्रदेश सभापति कोषबहादुर गुरुङलाई पनि सम्मान गरेको छ ।
यो पनि पढ्नुहोस्–
उद्योगी व्यवसायीलाई ढुक्क भएर लगानी गर्न प्रधानमन्त्रीको आग्रह
वैदेशिक व्यापार घाटा कसरी घटाउने ? यस्तो छ चेम्बर अध्यक्ष अग्रवालको सुझाव
FACEBOOK COMMENTS