काठमाडौं । बजाजले असोज ४ देखि ९ गतेसम्म देशभरका सर्भिस सेन्टरमा मोटरसाइकलको नि:शुल्क चेकअप क्याम्प सञ्चालन गरेको छ।
क्याम्पमा लेबर चार्जमा ५० प्रतिशत, इन्जिन आयलमा १६ प्रतिशत तथा स्पेयर पाट्र्स र युरोग्रिप टायरमा १०–१० प्रतिशत छुट पाइनेछ।
चाडपर्वमा लामो दूरीको यात्रा बढ्ने भएकाले सम्भावित समस्या समयमै पहिचान गरी सुरक्षित यात्रा सुनिश्चित गर्न क्याम्प सञ्चालन गरिएको कम्पनीले जनाएको छ।
बजाजले चाडपर्व लक्षित राष्ट्रिय नि:शुल्क मोटरसाइकल चेकअप क्याम्प सञ्चालन गरेको छ। असोज ४ गतेदेखि सुरु भएको क्याम्प असोज ९ गतेसम्म देशभर रहेका बजाज सर्भिस सेन्टरमा सञ्चालन हुनेछ।
कम्पनीका अनुसार क्याम्प अवधिमा बजाज मोटरसाइकलको व्यावसायिक चेकअप नि:शुल्क गरिनेछ। चेकअपका क्रममा थप मर्मत वा पार्टपुर्जा परिवर्तन गर्नुपर्ने देखिएमा ग्राहकले विभिन्न सेवामा विशेष छुटसमेत पाउनेछन्।

क्याम्पअन्तर्गत लेबर चार्जमा ५० प्रतिशत र इन्जिन आयलमा १६ प्रतिशत छुट दिइनेछ। त्यस्तै स्पेयर पाट्र्समा १० प्रतिशत र युरोग्रिप टायरमा १० प्रतिशत छुट उपलब्ध हुने कम्पनीले जनाएको छ।

चाडपर्वका बेला यात्राको संख्या र दूरी बढ्ने भएकाले यात्रामा निस्कनुअघि मोटरसाइकलको अवस्था परीक्षण गर्न ग्राहकलाई प्रोत्साहित गर्ने उद्देश्यले क्याम्प सञ्चालन गरिएको बजाजको भनाइ छ।
नियमित निरीक्षण र समयमै मर्मत गर्दा सम्भावित प्राविधिक समस्या ठूलो बन्नुअघि पहिचान गर्न सकिने कम्पनीले जनाएको छ।
यसका लागि ग्राहकले छुट्टै क्याम्प वा कार्यक्रमस्थलमा जानुपर्ने छैन। असोज ९ गतेसम्म नेपालभरका कुनै पनि बजाज सर्भिस सेन्टरबाट नि:शुल्क चेकअप तथा तोकिएका सेवामा छुट लिन सकिनेछ।
बजाजले बिक्रीपछिको सेवालाई प्रभावकारी बनाउँदै चाडपर्वको यात्रालाई सुरक्षित, सहज र भरपर्दो बनाउन क्याम्पले सहयोग पुग्ने अपेक्षा गरेको छ। थप जानकारीका लागि कम्पनीले २४ सै घण्टा सञ्चालन हुने हेल्पलाइनमार्फत सम्पर्क गर्न सकिने जनाएको छ।