काठमाडौं । टाटा मोटर्सको नयाँ टियागो ईभी आकर्षक अफरसहित नेपाली बजारमा उपलब्ध भएको छ ।
नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले टियागो ईभीलाई लक्षित गर्दै ‘जोयफुल विक’ विशेष अभियान सञ्चालन गरिरहेको छ ।
सेप्टेम्बर १९ देखि २६ सम्म सञ्चालन हुने अभियानअन्तर्गत ग्राहकले ४ लाख ३० हजार रुपैयाँ डाउनपेमेन्ट गरेर नयाँ टियागो ईभी घर लैजान सक्ने सिप्रदीले जनाएको छ ।
‘एक्सचेन्ज, अपग्रेड, सेलिब्रेट’ मुख्य सन्देशसहित सञ्चालन भइरहेको अभियानमा ग्राहकलाई आफ्नो पुरानो गाडी एक्सचेन्ज गरेर नयाँ विद्युतीय गाडीमा अपग्रेड गर्ने अवसर प्रदान गरिएको छ ।

अभियानअन्तर्गत नयाँ टियागो ईभी बुकिङ गर्ने प्रत्येक ग्राहकले आकर्षक उपहार प्राप्त गर्नेछन् । त्यस्तै, पुरानो गाडी एक्सचेन्ज गर्दा ‘बेस्ट एभर एक्सचेन्ज भ्यालुएसन’ को सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

गाडी खरिद गर्ने ग्राहकका लागि नि:शुल्क एक्सेसरिज, नि:शुल्क वार्षिक सवारी कर र नि:शुल्क होम चार्जिङ इन्स्टलेसन समेत उपलब्ध गराइनेछ ।

यसले गाडी खरिदसँगै ग्राहकलाई आवश्यक पर्ने थप सुविधामा समेत लाभ पुग्ने कम्पनीको भनाइ छ । आफ्नो पुरानो गाडीलाई विद्युतीय सवारीमा अपग्रेड गर्न चाहने ग्राहकलाई लक्षित गर्दै सञ्चालन गरिएको ‘जोयफुल विक’ले एक्सचेन्जदेखि नयाँ गाडी खरिदसम्मको प्रक्रियालाई थप सहज र आकर्षक बनाउने कम्पनीको दावी छ ।
ग्राहकले नेपालभर रहेका टाटा मोटर्सका आधिकारिक शोरुममा सम्पर्क गरी टियागो ईभीबारे जानकारी लिन, टेस्ट ड्राइभ गर्न तथा अभियानअन्तर्गतका अफरबारे बुझ्न सक्ने कम्पनीले जनाएको छ ।