काठमाडौं । सहकारी संस्थाको बचत अपचलन प्रकरणमा कारबाही सिफारिस गरिएका पूर्वडीआईजी तथा गोरखा मिडिया नेटवर्कका पूर्वसञ्चालक छविलाल जोशी पक्राउ परेका छन् ।
उनलाई आइतबार काठमाडौंबाट पक्राउ गरिएको प्रहरी उच्च स्रोतले पुष्टि गरेको छ ।
पक्राउ परेका जोशीलाई आजै पोखरा लैजाने तयारी प्रहरीको छ ।
सहकारी ठगीसम्बन्धी संसदीय छानबिन विशेष समितिले जोशीसहित चार जनालाई कारबाही गर्न सिफारिस गरेको थियो ।
FACEBOOK COMMENTS