काठमाडौं । शिक्षामन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ परेको भन्ने दाबी अस्वीकार गरेका छन् ।
मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकपछि पत्रकारसँग बोल्दै मन्त्री पोखरेलले यस्तो बताएका हुन् ।
पोखरेलले पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरीले पक्राउ नगरेको बताए । उनलाई प्रहरीले ‘रेस्क्यु’ गरेको मन्त्री पोखरेलले दाबी गरेका छन् ।