काठमाडौं । अस्ट्रेलियाले दक्षिण अफ्रिकाविरुद्धको टी-२० मा विजयी शुरुवात गरेको छ । आइतबार सम्पन्न सिरिजको पहिलो खेलमा अस्ट्रेलियाले दक्षिण अफ्रीकालाई १७ रनले पराजित गरेको हो ।
अस्ट्रेलियाले दिएको १७९ रन्को लक्ष्य पछाएको दक्षिण अफ्रीकाले २० ओभरमा ९ विकेट गुमाउदै १६१ रन बनाएको थियो ।
दक्षिण अफ्रिकाका लागि रयान रिकेलटनले सर्बाधिक ७१ रन बनाएका थिए भने ट्रीस्टन स्टब्सके ३७ रन बनाएका थिए । त्यसैगरी अस्ट्रेलियाका बलर जोश हजेलवूड र बेन द्वारशुइसले ३-३ विकेट लिएका थिए भने एडम जाम्पाले २ र ग्लेन म्याक्सवेलले एक विकेट लिएका थिए ।
यस अघि टस हारेर पहिला ब्याटिंग गरेको अस्ट्रेलियाले २० ओभरमा अल आउट हुदै १७८ रन बनाएको थियो । एक समय ७।४ ओभरमा ७० रनमा ५ विकेट गुमाएको अस्ट्रेलियालाई टिम डेभिडले ५२ बलमा ८३ रन बनाउदै उद्धार गरेका थिए । त्यस्तै अस्ट्रेलियाका लागि क्यामरुन ग्रीनले ३५ रन बनाएका थिए । त्यस्तै दक्षिण अफ्रिकाका बलर क्वेना माफाकाले सर्बाधिक ४ विकेट लिएका थिए ।
योसँगै ३ खेलको सिरिजमा अस्ट्रेलियाले १-० को अग्रता लिएको छ । अब सिरिजको दोस्रो खेल आगामी मंगलबार हुने छ ।
FACEBOOK COMMENTS