काठमाडाैँ । सिटिजन्स बैंकले २००औं शाखा खोटाङको दिक्तेलमा सञ्चालनमा ल्याएको छ । बैंकले शाखा विस्तार गर्ने क्रममा आफ्नो थप एक नयाँ शाखा कोशी प्रदेशको खोटाङ जिल्ला, दिक्तेल स्थित रुपाकोट मझुवागढी नगरपालिका वार्ड १ मा सञ्चालनमा ल्याएको हो ।
यो सँगैे बैंकको २०० वटा शाखाहरु सञ्चालनमा आएका छन् । नयाँ शाखाको सञ्चालन सँगै कोशी प्रदेशमा सञ्चालनमा रहेका शाखाहरुको संख्या २८ पुगेको छ । शुक्रबार उक्त शाखा कार्यालयमा पूजा पाठ गरी बैंकिङ्ग कारोवारको सुरुवात गरिएको छ ।
कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख कार्यकारी अधिकृतगणेश राज पोखरेलले ग्राहकहरूलाई उत्कृष्ट सेवा सुबिधा पुर्याउने क्रममा खोटाङ दिक्तेलमा नयाँ शाखा संचालनमा ल्याएर अझ उच्चस्तरीय ग्राहक सेवामा समर्पित रहने कुरा व्यक्त गरे । समारोहमा स्थानीय निकायका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको उपस्थिति रहेको थियो ।
सुविधा सम्पन्न यो शाखा मार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवा प्रदान गर्नुका साथै साना तथा मझौला व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य बैंकले राखेको छ । नयाँ शाखा सञ्चालनको अवसरमा यो शाखामा खाता खोल्दा कर्पोरेट मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ जस्ता सेवाहरु पहिलो वर्ष निशुल्क प्राप्त गर्न सकिनेछ । डिम्याट खाता खोल्दा लाग्ने शुल्कमा पहिलो वर्षको लागि छुटको व्यवस्था रहेको छ ।
नयाँ शाखा शुभारम्भ भएको दिनमानै बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वार्ड ९ मा सञ्चालनमा रहेको महेन्द्रोदय माध्यमिक विद्यालयलाई कम्पयूटर र प्रिन्टर सहयोग उपलब्ध गराएको छ ।
विद्यालयमा आयोजित कार्यक्रमकाबीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले सहयोग स्वरुप सो सामाग्री हस्तान्तरण गरेका हुन् । समारोहलाई सम्बोधन गर्दै उनले बैंकको यो सानो सहयोगले विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरु लाभान्वित हुने विश्वास व्यक्त गरे ।
FACEBOOK COMMENTS