काठमाडौं । नागरिक लगानी कोषले नागरिक पेन्सन योजनामा स्वरोजगार तथा वैदेशिक रोजगारीमा रहेका सर्वसाधारणलाई समेट्ने भएको छ ।
कोषको ३१ औँ वार्षिक साधारण सभामामा बोल्दै अध्यक्ष तुलसीप्रसाद घिमिरेले उक्त जानकारी गराएका हुन् ।
अध्यक्ष घिमिरेले भने, ‘स्वरोजगार तथा वैदेशिक रोजगारीमा रहेका सर्वसाधारणलाई समेट्ने गरी नागरिक पेन्सन योजनाको प्रवद्र्धन गरिने जानकारी दिए । उनका अनुसार योजनाप्रति सर्वसाधारणको आकर्षण भए पनि अपेक्षित रूपमा सहभागिता बढ्न नसकेको भन्दै आगामी दिनमा संघसंस्था तथा स्थानीय निकायसँग समन्वय गरी साक्षरता, अन्तक्र्रिया र प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गरिने भएको छ ।’
साथै नागरिक लगानी कोषले आधुनिकीकरण गर्दै आफ्ना कार्यक्रमहरुलाई थप विस्तार गर्ने भएको छ । त्यसैगरि सह–कार्यालय रहेको स्थानमा आफ्नै कार्यालय भवन निर्माणका लागि उपयुक्त जग्गा खरिद गर्न बजेटको व्यवस्था गरिएको कोषले जनाएको छ । ।
आर्थिक वर्ष २०८०–८१ मा कोषले आर्जित मुनाफाबाट नेपाल सरकारलाई राजस्वबापत ४० करोड ५१ लाख रुपैयाँ योगदान गरेकोमा आव २०८१–८२ मा ४४ करोड ३१ लाख रुपैयाँ योगदान गरिएको छ ।

दुर्घटना बीमा, कर्जा तथा सापटी, स्वास्थ्य तथा मातृत्व सुरक्षा जस्ता कार्यक्रम विस्तार गरिने घोषणा गरिएको छ ।

FACEBOOK COMMENTS