काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले आफ्ना ग्राहकहरूलाई बचत गर्ने बानीको विकास गर्न ग्राहकलक्षित करिब तीन दर्जन बचत योजना (डिपोजिट प्रडक्ट) अघि सारेको छ ।
बैंकले ‘सेभिङ डिपोजिट’, फिक्स्ड डिपोजिट’, ‘कल डिपोजिट’, ‘फरेन करेन्सी एकाउन्ट’ तथा ‘अदर सेभिङ प्रडक्ट’अन्तर्गत विभिन्न ३२ वटा योजनाहरू ग्राहकमाझ प्रस्तुत गरेको छ । ग्राहकलाई बचतमा आकर्षित गर्न बीमालगायत फरक–फरक आकर्षक सुविधाहरूसहितको बचत खाता योजनाहरू सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ ।
बैंकले दिएको जानकारी अनुसार सेभिङ डिपोजिटअन्तर्गत १२ वटा, फिक्स्ड डिपोजिटअन्तर्गत ६ वटा, कल डिपोजिटअन्तर्गत एउटा, फरेन करेन्सी एकाउन्टअन्तर्गत चार वटा र अदर सेभिङ प्रडक्टअन्तर्गत नौ वटा बचत योजना अघि सारिएको छ । अघि सारिएकामध्ये सिटिजन्स संरक्षित बचत खाता, सिटिजन्स तलब बचत खाता, सिटिजन्स स्मार्ट बचत खाता र सिटिजन्स यूएसडी आई–कोम कार्ड बचत योजना ग्राहकको सर्वाधिक रोजाइमा पर्दै आएको बैंकले जानकारी दिएको छ ।
लोकप्रिय चार योजनाका विशेषताहरू के–के हुन् ?
१. सिटिजन्स संरक्षित बचत खाता
‘सिटिजन्स संरक्षित बचत खाता’मा न्यूनतम मौज्दात एक हजार रुपैयाँ रहने, निःशुल्क मोबाइल तथा इन्टरनेट बैंकिङ सुविधा प्राप्त गर्न सकिने, निःशुल्क भिसा डेबिट कार्ड सुविधा प्राप्त गर्न सकिने र अनलाइनबाट पनि यो खाता खोल्न सकिने सुविधा रहेको छ । यो खातामा ५० हजार रुपैयाँसम्मको स्वास्थ्य बीमा र पाँच लाख रुपैयाँसम्मको दुर्घटना मृत्यु बीमा सुविधा उपलब्ध छ ।
२. सिटिजन्स तलब बचत खाता
यस्तै, ‘सिटिजन्स तलब बचत खाता’ योजनामा न्यूनतम मौज्दात रकम शून्य रहेको छ । यो योजनामा भिसा डेबिट कार्ड, मोबाइल बैंकिङ सेवा, डि–म्याट खाता र इन्टरनेट बैंकिङ सेवा निःशुल्क रहेको बैंकले जनाएको छ । यसैगरी, २५ हजार रुपैयाँसम्मको मेडिकल इन्स्योरेन्स सुविधा, तीन लाख रुपैयाँसम्मको दुर्घटना मृत्यु बीमा सुविधा यो योजनामा छ । साथै, व्यावसायिक प्रयोजनका लागि १५ लाख रुपैयाँसम्मको ऋण सुविधा समेत यो योजनामा उपलब्ध रहेको बैंकको भनाइ छ । यस्तो ऋणको अवधि पाँच वर्ष रहने छ ।
३. सिटिजन्स स्मार्ट बचत खाता
त्यस्तै, विशेषगरी युवा पुस्तालाई लक्षित गरी बैंकले अघि सारेको ‘सिटिजन्स स्मार्ट बचत खाता’ योजना पनि आम नागरिकका बीचमा लोकप्रिय छ । यो योजनामा न्यूनतम मौज्दात रकम शून्य रहेको छ । यस्तै, निःशुल्क डि–म्याट खाता र सि–आस्वा सेवा, मोबाइल र इन्टरनेट बैंकिङ निःशुल्क, अन्य बैंकको एटीएम मेसिनबाट निःशुल्क सुविधा पाइने र निःशुल्क डेबिट कार्डलगायत सुविधाहरू यो योजनामा उपलब्ध छ ।
४. सिटिजन्स यूएसडी ई–कम कार्ड योजना
यस्तै, बैंकको अर्को लोकप्रिय बचत योजना ‘सिटिजन्स यूएसडी ई–कम कार्ड योजना’ हो । अमेरिकी डलर ई–कम कार्ड एक प्रकारको अन्तर्राष्ट्रिय कार्ड हो । राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागको अनुमतिमा सञ्चालित यो योजनामा ग्राहकले वार्षिक ५०० डलरसम्म अनलाइन भुक्तानी कारोबार गर्न सक्ने छन् । यो कार्डको अवधि पाँच वर्षको रहने छ । प्यान नम्बर भएको तथा ग्राहक पहिलान (केवाईसी) अद्यावधिक भएको र नेपाली रुपैयाँ बचत खातामा तोकिएको रकम भएका कुनै पनि व्यक्ति वा फर्महरूले यो सुविधा प्रयोग गर्न सक्नेछन् ।
सन् २०२४ को ‘बैंक अफ दि इयर’ अवार्ड पाएको बैंकले ग्राहकका लागि अन्य विभिन्न योजनाहरू अघि सार्दै उत्कृष्ट बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ ।
FACEBOOK COMMENTS