काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्रीलाई रूलिङ गरेका छन् ।
सोमबारको प्रतिनिधि सभा बैठक सुरू हुनेबित्तिकै सभामुख अर्यालले प्रधानमन्त्री बालेन शाहलाई संसदमा उपस्थित भएर सांसदहरूका प्रश्नमा जबाफ दिन रूलिङ गरेका हुन् ।
प्रतिनिधि सभा नियमावलीमा प्रत्येक महिनाको पहिलो साता संसदमा उपस्थित भएर प्रधानमन्त्रीले सांसदहरूको प्रश्नमा जबाफ दिनुपर्ने व्यवस्था छ ।
प्रधानमन्त्री शाहले संसदमा सांसदहरूको प्रश्नको जवाफ नदिएको भन्दै संसद बैठकमा बिरोध हुँदै आएको छ।