काठमाडौँ । नेपाली कांग्रेस संसदीय दल नेता चयनको प्रक्रिया वैशाख २ गते सुरु गरिने भएको छ ।
दलको नेता चयनका लागि निर्वाचन समिति संयोजक बनेका सहमहामन्त्री प्रकाश स्नेही रसाइलीले वैशाख २ गते प्रक्रिया सुरु गर्ने र ४ गते निर्वाचन गर्ने तयारीमा आफूहरू लागेको जानकारी दिए ।
वैशाख ३ गते सहमतिको प्रयासका लागि समय दिइने रसाइलीले बताए । सकभर प्रक्रिया सुरु गरेर सर्वसम्मतिको प्रयास गर्ने, नभए निर्वाचनमार्फत दलको नेता चुन्ने तयारीमा आफूहरू लागेको स्नेहीले बताए। कांग्रेसका प्रतिनिधि सभामा १८ जना प्रत्यक्ष र २० जना समानुपातिक निर्वाचन प्रणालीबाट सांसदहरू निर्वाचित भएका छन् ।
३८ सांसदको नेता हुनका लागि ४ नेताले इच्छा देखाएका छन् । नेताहरूका अनुसार अर्जुननरसिंह केसी, भीष्मराज आङ्देम्बे, मोहन आचार्य र भरतबहादुर खड्काले इच्छा देखाएका छन् ।
