काठमाडौँ । संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसद् समन्वय बोर्डको बैठक वैशाख २२ गते आज बस्ने भएको छ ।
कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले कांग्रेस संसदीय दलको विधान ९संशोधन र परिमार्जनसहित, २०८३० को धारा २१ बमोजिम गठन भएको संसद् समन्वय बोर्डको पहिलो बैठक मङ्गलबार दिउँसो ३ बजे बस्न लागेको जानकारी दिए ।
बैठक कांग्रेस केन्द्रीय कार्यालय बिपी स्मृति भवन ललितपुरमा बस्ने कार्यवाहक मुख्यसचिव दुलालले बताए । कांग्रेसले उक्त बैठकमा उपस्थित हुन बोर्डका सदस्यहरुलाई निर्देशन दिएको छ ।