कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै
कर्पोरट खबर
7:05 am, आइतबार, साउन २४, २०८३
- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज ललितपुरस्थित बीपी स्मृति भवनमा दिउँसो १ बजे बस्दैछ।
- बैठकले पार्टीको १५औं महाधिवेशन र समसामयिक विषयमा छलफल गर्नेछ।
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ ।
पार्टीका अनुसार बैठक आज दिउँसो १ बजेदेखि ललितपुरस्थित केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा बस्दैछ ।
बैठकले पार्टीको १५औं महाधिवेशनसहित समसामयिक विषयमा छलफल गर्ने बताइएको छ ।