काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पनि बस्दैछ ।
काँग्रेस प्रवक्ता डा. प्रकाश शरण महत्तले आज बैठक दिउसो १ बजेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने जानकारी दिएका छन् ।
विहिबारदेखि शुरु भएको पदाधिकारी बैठकले आज पनि निरन्तरता पाएको हो ।
विहिबारको बैठकमा पार्टीको विशेष महाधिवेशन गर्ने की नियमित महाधिवेशन गर्ने भन्ने विषयमा पदाधिकारी र पुर्व पदाधिकारीहरुले आआफ्नो धारणा राखेको प्रवक्ता महत्तले जानकारी दिएका थिए ।
आज पनि पदाधिकारीहरुले आफ्नो धारणा राख्ने र असोज २६ गतेदेखि बस्ने केन्द्रीय समितीको बैठकका एजेण्डा तय गर्ने उनले बताएका छन् ।
यो बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा भने सहभागी छैनन् । यो बैठकको अध्यक्षता उपसभापति पूर्णबहादुर खड्काले गरिरहेका छन् ।
FACEBOOK COMMENTS