काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
कुल ४ हजार ९२४ जनाको नमूना परीक्षणबाट उक्त संख्यामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।
बितेको २४ घण्टामा देशभर २ हजार ४४८ जनामा आरटी–पीसीआर गर्दा ७० जना र २ हजार ४७६ जनाको एन्टिजेन परीक्षण गर्दा ३५ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ९ लाख ७७ हजार २६९ जना पुगेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ३ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ९४४ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३२० जना संक्रमित निको भएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमणमुक्त हुनेको संख्या ९ लाख ५७ हजार ८०८ जना पुगेको छ । यो कुल संक्रमितको ९८.० प्रतिशत हो ।
अघिल्लो दिन देशभर १२७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने ३ जनाको मृत्यु तथा ३२१ जना संक्रमणमुक्त भएका थिए ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ५१७ जना छ । मन्त्रालयका अनुसार हालसम्म नेपालमा ५४ लाख ३३ हजार १८७ जनाको स्वाब (नमूना) परीक्षण गरिएको छ भने अहिले ७ हजार ७४७ जना आइसोलेसन र १०६ जना क्वारेन्टिनमा छन् ।
हाल देशभर रहेका सक्रिय संक्रमितमध्ये ७ हजार ३४९ जना होम आइसोलेशन र १६८ जना संस्थागत आइसोलेशनमा छन् । त्यस्तै ६१ जना संक्रमितको आईसीयु र ९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
आज काठमाडौं उपत्यकामा २५ जना संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार काठमाडौंमा १८ जना, भक्तपुरमा २ जना र ललितपुरमा ५ जना संक्रमित थपिएका छन् ।
FACEBOOK COMMENTS