काठमाडौं । नेपालकै अग्रणी अनलाइन बजार दराज नेपालले कात्तिक ८ गते आफ्नो विक्रेता सम्मेलन ललितपुरको सानेपामा रहेको हेरिटेज गार्डेनमा सम्पन्न गरेको छ ।
‘इम्पावरिङ सेलर्स, फ्यासिलिटेटिङ ग्रोथ’ नाराका साथ आयोजना गरिएको उक्त कार्यक्रममार्फत दराज नेपालले दराज प्लाटफर्मको मेरूदण्डका रूपमा रहेका आफ्ना लगनशील विक्रेताहरूको सम्मान तथा तिनलाई प्रोत्साहन गर्ने उद्देश्य लिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिका अध्यक्ष अब्दुल खानको उपस्थिति रहेको थियो । उनले कार्यक्रममा आफ्नो मनतव्य व्यक्त गर्दै परिवर्तनशील डिजिटल युगसँग अनुकूल हुनु आजको आवश्यकता रहेको बताए ।
उनले आगामी दिनहरूमा ई-कमर्ससम्बन्धी विषयहरूलगायत ई-कमर्स बिलबारे संसदीय समितिमा छलफल आवश्यकता परेमा यसलाई अगाडि बढाउने र सहज बनाउने प्रतिबद्धता जनाए ।
कार्यक्रममा दराज नेपालकी प्रबन्ध निर्देशक आँचल कुँवरले दराजलाई आजका दिनसम्म ल्याइपुर्याउनमा विक्रेताहरूको मुख्य भूमिका रहेको बताइन् ।
‘विक्रेताहरूको अथक मिहिनेत, परिश्रम, साथ र सहयोग नै दराजले पाएको यो सफलताको प्रमुख कारण हो,’ उनले भनिन् ।
कार्यक्रममा दराज नेपालका चिफ लजिस्टिक्स अफिसर सन्तोष विष्ट, चिफ कमर्सियल अफिसर प्रवीण रूक्शान र मार्केटप्लेस प्रमुख प्रशान्त बुर्लाकोटीले ई-कमर्समा विक्रेता पारिस्थितिको तन्त्र (इको सिस्टम)को महत्त्व उजागर गर्दै दराज प्लाटफर्मको प्रगतिमा उल्लेख्य भूमिका रहेका सहायक रणनीतिहरूका बारेमा जानकारी दिएका थिए ।
कार्यक्रममा दराज प्लाटफर्ममा उत्कृष्टता प्राप्त गरेका १८ विक्रेताहरूलाई सम्मान गरिएको थियो । सम्मानले तिनको नवप्रवर्तन, समर्पण र उच्चस्तरीय उत्पादन तथा सेवा उपलब्ध गराउने प्रतिबद्धताको प्रतिनिधित्व गरेको थियो ।
दराज सेलर समिट क्याटेगोरी अवार्डका विजेताहरू
सेलर अफ दि इयर-२०२४ : मसलब्लेज (प्रोटिन नेपाल) र सेटाफिल
कस्टमर च्वाइस अवार्ड : म्हिचा
मनैदेखि नेपाली अवार्ड : नेपाल टी एक्स्चेन्ज
दराज स्पेशल रिकगिनशन अवार्ड : आर एन इलेक्ट्रोनिक्स
टप न्यू एसएमई सेलर : ईकमर्स बजार
टप इमर्जिङ सेलर : एभरस्को
टप सेलर – एफएमसीजी क्याटेगोरी : विराट हेल्थकेयर इन्डस्ट्रिज
फ्ल्याश सेल हिरो – एफएमसीजी क्याटेगोरी : ज्यासमिन हाइजिन प्रडक्ट्स
क्याम्पेन हिरो – एफएमसीजी क्याटेगोरी : एयविबी
टप सेलर – फेशन क्याटेगोरी : शुज स्पट
फ्ल्याश सेल हिरो – फेशन क्याटेगोरी : ई-स्टोर्स
क्याम्पेन हिरो : फेशन क्याटेगोरी : फ्यानसेरा
टप सेलर – इलेक्ट्रोनिक्स क्याटेगोरी : वानप्लस
फ्ल्याश सेल हिरो – इलेक्टोनिक्स क्याटेगोरी : उक्स-एज
क्याम्पेन हिरो – इलेक्टोनिक्स क्याटेगोरी : बोट (टेलिटक)
टप सेलर – लाइफस्टाइल क्याटेगोरी : ई-मेला
फ्ल्याश सेल हिरो – लाइफस्टाइल क्याटेगोरी : एसपीएन‘स्
क्याम्पेन हिरो – लाइफस्टाइल क्याटेगोरी : कामाख्या डेकोर
दराज नेपाल आफ्ना विक्रेताहरूलाई साथ-समर्थन प्रदान गर्दै सशक्तीकरणका लागि सदैव प्रतिबद्ध रहँदै आइरहेको छ । यसका लागि दराजले ई-कमर्स क्षेत्रमा सफल हुन आफ्ना विक्रेताहरूलाई आवश्यक उपकरण तथा अवसरहरू प्रदान गर्न निरन्तर लागिपरेको छ ।
विक्रेता सम्मेलनले सम्मानलहरूलाई विगतका उपलब्धिहरूमा मात्र सीमित नराखेर भविष्यका सहकार्य तथा साझेदारी सफलताहरूको आधारसमेत तयार गरेको कम्पनीको विश्वास छ ।
पाकिस्तान, बंगलादेश, श्रीलंका, नेपाल र म्यानमारमा सञ्चालनमा रहेको दराज सन् २०१५ मा स्थापित दक्षिण एसियाकै अग्रणी ई-कमर्स प्लाटफर्म हो । दराजले ६ लाख ५० हजारभन्दा बढी सक्रिय विक्रेताहरूलाई उच्चस्तरीय बजार प्रविधिहरू प्रदान गर्दै ५० करोड जनसंख्या रहेको यस क्षेत्रमा उपभोक्ता वर्गसम्म सहज पहुँच पुर्याउन सघाइरहेको छ ।
दराज एक्स्प्रेस र दराज पेमार्फत दराजले आफ्ना बजारहरूमा अत्यन्त प्रभावकारी र डिजिटलाइज्ड ढुवानी तथा भुक्तानी पूर्वाधार सञ्चालन गरिरहेको छ । सन् २०३० सम्ममा ५ करोड उपभोक्ता र व्यवसायलाई सेवा उपलब्ध गराउँदै दक्षिण एसियाकै प्रमुख ई-कमर्स प्लाटफर्म बन्ने दराजको उद्देश्य छ ।
FACEBOOK COMMENTS