काठमाडौं । दसैंका लागि आजदेखि खसीबोका र च्यांग्रा बिक्री गर्न थालिएको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आजदेखि दसैंका लागि खसीबोका र च्यांग्राको बिक्री सुरू गरेको हो ।
कम्पनीले जिउँदो खसीबोकाको मूल्य प्रतिकेजी ६ सय ७० रूपैयाँ र च्यांग्राको मूल्य प्रतिकेजी एक हजार दुई सय ३० रूपैयाँ निर्धारण गरेको छ ।
उपभोक्ताका लागि उक्त मूल्यमा प्रतिकेजी १० रूपैयाँ छुट गरी क्रमशः ६ सय ६० र एक हजार दुई सय २० रूपैयाँ तोकिएको छ ।
काठमाडौंको थापाथलीस्थित प्रादेशिक खाद्य व्यवस्था तथा व्यापार कम्पनीले हालसम्म दुई सय आठवटा खसीबोका र दुई सय ८५ वटा च्यांग्रा ल्याइसकेको जनाएको छ । यस्तै अन्य खसीबोका र च्यांग्रा ल्याउने क्रम जारी रहेको कार्यलयको भनाइ छ ।
दसैंको समयमा कम्पनीले प्रत्येक वर्ष खसीबोका र च्यांग्रा खरिद गरेर सुपथ मूल्यमा बिक्री गर्दै आएको छ ।
FACEBOOK COMMENTS