काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का उत्तरी छिमेकी देश चीनको भ्रमणमा जाने भएका छन् ।
आगामी असार ९ देखि १३ गतेसम्म चीनमा आयोजना हुने साङ्घाई को–अपरेशन अर्गनाइजेशन (एससीओ) को ऊर्जामन्त्रीस्तरीय बैठकमा भाग लिन उनी त्यसतर्फ जाने भएका हुन् ।
मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले मन्त्री खड्काको भ्रमण स्वीकृत गरेको सकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
FACEBOOK COMMENTS