काठमाडौं । संसदमा विचाराधीन अवस्थामा रहेको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको समर्थन गर्ने भारतका लागि नेपाली राजदूत शंकर शर्मालाई फिर्ता बोलाउन संसदमा माग गरिएको छ ।
आज मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसद सुवालले भारतका लागि नेपाली राजदूत शंकर शर्मालाई पनि तुरुन्त फिर्ता बोलाउनुपर्ने माग गरेका हुन् ।
‘योजना आयोगका उपाध्यक्ष र अमेरिकाको राजदूत भइसक्नुभएको र हाल भारतको राजदूतमा नियुक्त हुनुभएको शंकर शर्माजीले पनि प्रतिनिधिसभामा छलफल नै भइनसकेको एमसीसी सम्झौताको समर्थन गर्नुभयो,’ सुवालले भने, ‘यसकारण आफ्नो पदअनुकुल आचरण नगर्ने र संसदमा विचाराधीन विषयलाई नाघेर समर्थन गर्ने शंकर शर्माजीलाई भारतीय राजदूतबाट फिर्ता लिन जरुरी छ ।’
अमेरिकी सहयोग नेपालका लागि ससहयोग नभई विषजस्तै भएको सुवालको भनाइ छ ।
FACEBOOK COMMENTS