काठामाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले पदबाट राजीनामा दिएका छन् ।
उनले आज बसेको बोर्ड सञ्चालक समितिको बैठकलाई राजीनामा बारे जानकारी गराएका छन् ।
बैठक लगत्तै उनी राजीनामा पत्र लिएर अर्थ मन्त्रालय गएका छन् । अध्यक्ष श्रेष्ठले अर्थमन्त्री डा स्वर्णिम वाग्ले समक्ष राजीनामा पत्र बुझाउने छन् ।