काठमाडौं । उपसभामुखमा श्रम संस्कृति पार्टीका उम्मेदवारलाई विपक्षमा रहेका मुख्य तीन दलले समर्थन गर्ने भएका छन् ।
कांग्रेस, एमाले र नेकपाले उपसभामुखमा श्रम संस्कृति पार्टीलाई सघाउने निर्णय गरेका हुन् ।
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले उपभामुखमा आफ्नो दलले महिला उम्मेदवार उठाउने घोषणा यसअघि नै गरेका थिए ।