काठमाडौ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले मंगलबार यातायात व्यवस्था विभागमा आकस्मिक अनुमगन गरेका छन्। मन्त्रालयका सचिव केशवकुमार शर्मा सहित मन्त्री दाहाल अपह्रान्ह अनुगमनका लागि मिनभवन स्थित विभागको कार्यालय पुगेका हुन् ।
त्यस क्रममा उनले सेवाग्राहीहरुसँग समेत संवाद गरि विभागबाट प्रवाह भई रहेको सेवाका बारेमा जानकारी लिएका थिए । सेवाग्राहीहरुले छिटो छरितो सेवा प्रवाहको वातावरण बनाई दिन आग्रह गरेका थिए । सेवाग्राहीसँग कुराकानी पछि उनले लाईन नलागि सेवा लिने व्यवस्था मिलाउन विभागलाई निर्देशन दिए ।टोकन प्रणाली लागु गरि सेवा लिने प्रवन्ध गर्न उनले निर्देशनदिएका छन् ।

यसै गरि मन्त्री दाहालले डिजिटल सवारी चालक अनुमति पत्र र ईम्बोष्ड नम्बर छपाईका बारेमा पनि जानकारी लिएका छन् ।विभागका महानिर्देशक राजिव पोखरेलले हाल दैनिक ४ हजारका दरले चालक अनुमति पत्र छपाई भई रहेको जानकारी दिए ।
प्रदेश स्तरबाट समेत छपाई शुरु भएकाले विभागमा चाप केहि घटे पनि डिजिटल कार्ड छपाईलाई चुस्त र नियमित बनाईएको उनकोभनाई थियो । ईम्बोष्ड नम्बर जडानलाई थप तिव्र र व्यवस्थित पारिने भन्दै पोखरेलले विद्युतीय सवारी दर्ता प्रणालीलाई देशै भरि कार्यान्वयन गरिने बताए। यस्तै नयाँ सडकहरुमा थप रुट निर्धारणका लागि अध्ययन भई रहेको विभागले जनाएको छ ।
