काठमाडौं । नेपाल सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले वर्तमान सरकार गठनपश्चात् २०० दिनसम्म गरेका मुख्य कार्यहरूको विवरण सार्वजनिक गरेको छ। मन्त्रालयले यातायात पूर्वाधार सुधार, सडक निर्माण, रेल विकास, जल यातायात प्रवर्द्धन, तथा यातायात व्यवस्थापन सुधारका क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरेको जनाएको छ।
मुख्य उपलब्धिहरू
सडक पूर्वाधार: २४६ कि।मि। नयाँ २ लेनको सडक कालोपत्रे तथा ३०.५८ कि।मि। स्तरोन्नति सम्पन्न। सिद्धबाबा सुरुङमार्गको ८७६ मिटर खनाइ सम्पन्न। नागढुंगा सुरुङमार्ग निर्धारित समयमै सम्पन्न हुने लक्ष्य।
पुल निर्माण: ४१ वटा पुल निर्माण सम्पन्न, विभिन्न मुख्य राजमार्गमा स्तरोन्नति कार्य। रेल विकास बर्दिबास(चोचा रेलमार्गमा थप १ कि।मि। ट्र्याक निर्माण, केरुङ(काठमाडौँ रेलमार्ग सम्भाव्यता अध्ययन अघि बढ्दै।
यातायात व्यवस्थापन : सार्वजनिक यातायातमा न्एक् जडान प्रक्रिया अघि बढ्दै, स्मार्ट लाइसेन्स वितरण तीव्र, ट्राफिक ई-चलान प्रणाली लागू।
जल यातायात: सुनकोशी र नारायणी नदीमा जलयान सञ्चालन योजना अघि बढ्दै। मन्त्रालयले बाँकी योजनाहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्न तथा आयोजना व्यवस्थापनमा सुधार ल्याउने प्रतिबद्धता जनाएको छ।
FACEBOOK COMMENTS