काठमाडौं । चलचित्र विकास बोर्ड अध्यक्ष दिनेश डीसीले कर नतिर्ने हलहरूलाई करको दायरा र नियममा ल्याएको बताएका छन् ।
आइतबार काठमाडौंमा आयोजित ‘दोस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ को पत्रकार सम्मेलनमा उनले पाँच वर्षदेखि करको दायरामा नआएका २१ वटा सिनेमा हलमध्ये प्रमुख ६ वटा हलहरूमा प्रशासनले ताल्चा लगाएपछि सम्पूर्ण सिनेमा हलहरू करको दायरा र नियममा आएको बताए ।
उनले भने, ‘सातदेखि १० दिनभित्रमा स्टुडियोको टेन्डर खोल्दै छौँ । यो पहिलादेखि रोकिएको थियो । वैशाख १ गतेदेखि रियल टाइम बक्स अफिस लाग्छ । यही बीचमा पछिल्लो दिन २१ वटा सिनेमा हलहरूलाई कानुनको दायरामा ल्याउने प्रयास जारी छ ।’
यस्तै, उनले नेपाल भनेको अविकसित नभई अव्यवस्थित देश भएको भन्दै यसलाई व्यवस्थित गर्नका लागि सबैजना अगाडि बढ्नुपर्ने बताए ।
पत्रकार सम्मेलनमा अभिनेता प्रदीप खड्का, अभिनेत्री सुरक्षा पन्त, अभिनेता शिव श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।
FACEBOOK COMMENTS