काठमाडौं । नेपाल उद्योग वाणिज्य सङ्घ, काठमाडौं (एनसीआईसीके) का निवर्तमान अध्यक्ष दिनेश श्रेष्ठले सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/८४ को बजेट सकारात्मक रहेको बताएका छन् ।
आज शुक्रबार सङ्घीय संसद्मा अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गरेपछि कर्पोरेट खबरसँग कुरा गर्दै श्रेष्ठले करको दर घटाइनु तथा निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीति ल्याइनुले व्यवसायीहरूमा नयाँ उत्साह थपिएको बताए । बजेटले लगानीमैत्री वातावरण बनाउन खोजेको भन्दै उनले यसको प्रभाव आगामी दिनमा अर्थतन्त्रमा देखिने विश्वास व्यक्त गरे ।