सूचना तथा सञ्चार प्रविधि क्षेत्रको सबैभन्दा ठूलो इभेन्ट क्यान इन्फोटेक, २०२२ मा हामी डाइमण्ड स्पोन्सरका रूपमा सहभागी भएका छौँ ।
कोभिडका कारण लामो समयदेखि यो इभेन्ट हुन सकिरहेको थिएन । यद्यपि, कोभिडकै बीचमा डिश मिडिया नेटवर्क टेलिभिजन सेवाका साथै इन्टरनेट सेवाप्रदायक पनि बनेको छ । अहिले हामी डिशहोम फाइबरनेटको सेवालाई देशव्यापी बनाउन जुटिरहेका छौँ । यसअघि टीभी सेवाप्रदायक मात्रै भनेर चिनिने डिश मिडिया नेटवर्कलाई इन्टरनेट सेवाप्रदायक पनि हो भनेर चिनाउनका लागि हामीलाई यो मेला निकै प्रभावकारी सावित हुने विश्वासका साथ मेलामा सहभागी भएका हौँ ।
आफ्नो सेवा प्रत्यक्ष रूपमै ग्राहकसमक्ष पु¥याउन पाउनु यो मेलाको मुख्य फाइदा हो । यस क्रममा हामी बण्डल सर्भिस, टीभी र इन्टरनेट सेवा, आईपी टीभी, टीटू, केबल, बीटूबी, बीटूसी र ओटीटी प्लाटफर्मलगायतको प्रदर्शनी गर्नाका साथै त्यसबारे भिजिटरहरूलाई अधिकतम जानकारी दिने छौँ । खासगरी हामीले नयाँ वर्षमा ल्याएको नयाँ प्रडक्टलाई नै क्यानमा शो गर्नेछौँ । साथै ‘क्याम्पस वाईफाई’ नामक अवधारणालाई हामीले क्यानमा ल्याएका छौँ । यसबारे विशेष प्रस्तुति राख्ने हाम्रो तयारी छ । अवलोकनकर्ताहरूलाई पनि यसको उद्देश्य र प्रयोगबाट फाइदा लिनुहुन आग्रह गर्दछौँ ।
FACEBOOK COMMENTS