नेपाल क्लियरिङ हाउस (एनसीएचएल) ले यसअघिका तीन वटा क्यान मेलामा हाम्रो एसोसिएशन रहँदै आएको छ ।
यो पटक गोल्डेन स्पोन्सरका रूपमा आएका छौँ । यसले क्यानसँगको एसोसिएसनलाई थप प्रगाढ बनाउँछ भन्ने विश्वास हामीले लिएका छौँ । क्यान र क्यानसँग एसोसिएटेड स्टेक होल्डरहरू बैंक, पीएसपी, पीएसओ, एनसीएचललगायत सर्वसाधारणलाई डिजिटल पेमेन्टसँग सम्बन्धित जानकारी र चेतनामुलक सन्देश दिनका लागि हामी क्यान मेलामा सहभागी छौँ ।
बैंक तथा वित्तीय संस्था, पीएसपीहरूका ग्राहक (रिटेल तथा बिजनेश) ले प्रयोग गर्दै आउनुभएका कनेक्ट आईपीएस, कर्पोरेट–पे, नेशनल पेमेन्ट स्वीचअन्तर्गतको नेपाल–पेका प्रडक्टहरूबारे मेलामार्फत जानकारी दिने उद्देश्य हाम्रो छ ।
हाम्रा सेवाहरूबारे विभिन्न माध्यमबाट जानकारी दिँदै आएको भए पनि राष्ट्रियस्तरको क्यान मेला जहाँ विभिन्न सेगमेन्टका कष्टमरहरूको अध्यधिक सहभागिता रहँदै आएको छ । यस्तो मेलामा हामीले डिजिटल पेमेन्टका बारेमा जानकारी दिँदा एकसाथ धेरैमा पुग्ने र प्रभावकारी बन्ने विश्वासका साथ क्यान मेला रोजेका हौँ ।
युवाहरूको अधिक सहभागिता रहने क्यान मेला आफैंमा बहुआयामिक छ । यसबाट धेरैले धेरै कुराको ज्ञान आर्जज गर्न सक्छन् । त्यसकारण क्यान मेलाको पूर्ण सफलताको कामना समेत गर्दछौँ ।
FACEBOOK COMMENTS