काठमाडौँ। डिशहोम फाइबरनेटले नयाँ योजना “खुशीको साथी,” सार्वजनिक गरेको छ।
खुशीको साथी अन्तर्गत ग्राहकहरुले मात्र रु ४१,७३९ मा डीएचआई स्मार्ट टिभि, ५ जी डुयल व्यान्ड राउटर सहित २५० एमबीपीएस फाइबरनेटको एक वर्षे सब्स्क्रिपशन साथै डिशहोम आईटीभी को एक बर्षको सब्स्क्रिपशनपनि प्राप्त गर्न सक्नेछन्।
डिशहोम फाइबरनेटले इन्टरनेट छिटो, किफायती र भरपर्दो सेवा प्रदान गर्दै देशका विभिन्न क्षेत्रहरुमा फैलिदैँ ग्राहकहरुको मन जितीरहेको छ। त्यस्तै दिनानु लोकप्रियता बढिरहेको, आईटीभी मा ग्राहकहरुले सर्ट टिभी, फन टिभी, गुञ्जन, सिने हिट्स, जुनियर टिभी र नेपाली भाषामा लोकप्रिय कोरियन सिरिजहरु जस्ता डिशहोम विशेष च्यानलहरु सहित २०० भन्दा बढी टिभी च्यानलहरु हेर्न सक्छन् ।
खुशीको साथी, अन्तर्गतको उत्कृष्टडीएचआई स्मार्ट टिभि मा ग्राहकहरुले एउटा छुट्टै र उत्कृष्ट टिभी हेराइको अनुभव प्राप्त गर्न सक्नेछन्। परिवारका हरेक सदस्यहरुको फरक फरक आवश्यकतालाई मध्यनजर गर्दै डिशहोम मिडियाले आफ्ना सेवाहरु समावेश गरि डीएचआई स्मार्ट टिभि सहित यो योजना ल्याएको हो।