काठमाडौं । डिशहोमले आफ्ना ग्राहकहरूका लागि १ वर्षमा २४ महिनाको योजना ल्याएको छ ।
डिशहोमको सेवा लिइरहेका डीटीएचका ग्राहकहरूलाई लक्षित गरी सार्वजनिक गरिएको यो योजनामा डिशहोमको डिलर दाइबाट फण्ड ट्रान्स्फरमार्फत एक वर्ष अर्थात् १२ महिनाको रिचार्ज गर्ने ग्राहकले २४ महिनासम्म टेलिभिजन हेर्ने सेवा पाउने छन् ।
यो सँगै एक वर्षको रिचार्ज गर्ने ग्राहकहरूमध्येबाट प्रत्येक हप्ता लक्की–ड्रमार्फत एकजना ग्राहकले एक लाख रूपैयाँ नगद पनि जित्न सक्ने कम्पनीले जनाएको छ । हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोमका एक्सक्लुसिभ च्यानलहरू रमाइलो एचडी, सरोकार टीभी, रियालिटी टीभी, नेपा च्यानललगायत डिशहोम सोकेसमा लक्की–ड्रको प्रत्यक्ष प्रसारण हुने छ ।
एक वर्षको रिचार्जमा २४ महिना टेलिभिजन हेर्न र रू. १ लाख जित्ने यो योजना आजदेखि शुरू भएको कम्पनीले जनाएको छ ।
एक दशकदेखि स्याटालाइट प्रविधिमा उत्कृष्ट दृश्यसहितको टेलिभिजन सेवा प्रदान गरिरहेको डिशहोमले आफूलाई नेपालको नं. १ टेलिभिजन सेवा प्रदायक कम्पनी दाबी गर्दै आएको छ । साथै डीटीएच प्रविधिमार्फत टेलिभिजन सेवा दिइरहेको डिशहोमले फाइबरमार्फत डिशहोम फाइबरनेट ब्राण्ड नेममा नेपालभर इन्टरनेट सेवा पनि प्रदान गरिरहेको छ ।
FACEBOOK COMMENTS