काठमाडौं । एक वर्षमा २४ महिना योजनाअन्तर्गत डिशहोम डीटीएचका ग्राहकले एक लाख रुपैयाँ जितेका छन् ।
कम्पनीको योजना अनुसार एक वर्षको रिचार्ज गर्दा २४ महिनासम्म डिशहोम डीटीएचको सेवा उपभोग गर्न पाउने छन् । साथै हरेक हप्ता लक्की–ड्र मार्फत एक जनाले रू. एक लाख जित्ने अवसर पनि प्राप्त गर्ने कम्पनीले जनाएको छ ।
यसै योजना अन्तर्गत वैशाख १९ गते गरिएको लक्की–ड्रमा क्यास आईडी ०२५६४०३३७७५ भएका ग्राहकले रू. एक लाख जित्न सफल भएका छन् । डिशहोमका ग्राहकहरुले यो योजनामा सहभागी हुन आफ्नो नजिकको डिशहोम डिलर दाइकोमा गएर डिशहोमको फण्ड ट्रान्स्फरमार्फत आफूले प्रयोग गरेको प्याकेजको एक वर्षको रिचार्ज गर्नुपर्ने छ ।
यस लक्कि–ड्रको प्रत्यक्ष प्रशारण हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोम रियालिटी टीभी, रमाइलो एचडी, सरोकार टीभी, नेपा च्यानल, तथा डिशहोम सोकेसमा हुने गर्दछ ।
FACEBOOK COMMENTS