काठमाडौं । टेलिभिजन सेवाप्रदायक डिशहोम इन्टरनेट सेवाप्रदायक पनि बनेको छ ।
पछिल्लो समय ‘फाइबरनेट’मार्फत जनताको घर–घरमा इन्टरनेट सेवा प्रवाह तीव्ररूपमा अगाडि बढिरहेको डिशहोमले मेगा–फाईअन्तरगत वाईफाई–६ सहितको ६०० एमबीपीएसको इन्टरनेट सेवा ल्याएको छ ।
योसँगै फाइबरनेट अब ६०० एमबीपीएस क्षमता भएको मेगा–फाई इन्टरनेट प्रदान गर्ने कम्पनीका रूपमा अगाडि आएको छ । कम्पनीका अनुसार हाइस्पीड इन्टरनेट प्रयोगकर्ताहरुका लागि ३०० र ६०० एमबीपीएस स्पीडको इन्टरनेट प्याकेज ल्याइएको छ ।
नेपालमा नै पहिलो पटक लेटेस्ट वाईफाई टेक्नोलोजीको ‘वाईफाई–६’ राउटर र मेस नोडमार्फत ग्राहकहरुले हाइस्पीड इन्टरनेटको मज्जा लिन सक्ने कम्पनीको दाबी छ । डिशहोमले नेपाली बजारमा ल्याएको यो नयाँ टेक्नोलोजीसहितको राउटरले हाल बजारमा पाइने भन्दा चार गुणा छिटो चल्ने कम्पनीको दाबी छ ।
यो राउटरमा गिगाबाइट पहुँच, डुअल–ब्यान्ड स्मार्ट स्टीयरिङ, सिमलेस रोमिङ, बहु–स्तरीय सुरक्षा, थप जडान र जाल नेटवर्किङजस्ता विशेषता रहेको कम्पनीको भनाइ छ ।
FACEBOOK COMMENTS