काठमाडौँ । सुपर मादी हाईड्रोपावर कम्पनीले लाभांश घोषणा गरेको छ ।
असोज ८ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट ५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ ।
यो प्रस्ताव कम्पनीको साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् । सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आव २०८०–०८१ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकद्वारा प्रस्तुत आव २०८०–०८१ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायत सोसँग सम्बन्धित अनुसुचीहरु उपर छलफल गरि पारित गर्ने र आव २०८१-८२ को लागी लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत सभाबाट पारित हुनेछ ।
वार्षिक साधारण सभा कात्तिक ५ गते काठमाडौंको बत्तिसपुतलीमा रहेको होटल इम्पेरियलमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।
सभा प्रयोजनका लागि कम्पनीले असोज १८ गते देखि कात्तिक ५ गतेसम्म बुक क्लोज गर्ने भएको छ । असोज १७ गते सम्म रहेको सेयरधनीले लाभांश पाउनेछन् ।
