काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।
आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४४ पैसा निर्धारण गरेको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ ५८ पैसा र बिक्रीदर ११० रुपैयाँ १ पैसा, क्यानेडियन डलर एकको खरिददर ११० रुपैयाँ ३३ पैसा र बिक्रीदर ११० रुपैयाँ ७६ पैसा रहेको छ ।
युरोपियन युरो १ को खरिददर १७७ रुपैयाँ ५८ पैसा र बिक्रीदर १७८ रुपैयाँ २८ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०५ रुपैयाँ ६२ पैसा र बिक्रीदर २०६ रुपैयाँ ४३ पैसा गरिएको छ ।
राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ ।
