काठमाडौं । पूर्व अर्थमन्त्री डा युवराज खतिवडाले नेपालको अर्थतन्त्र झण्डै झण्डै शून्य स्थितिमा पुगेको बताउँदै अर्थतन्त्र फेरि केही सुधारको स्थितिमा पुगिसकेको बताएका छन् ।
नेपाल चेम्बर अफ कमर्शले आज काठमाडौँमा आयोजना गरेको ‘अर्थतन्त्रः आजको बाटो’ विषयक अन्तर्क्रिया कार्यक्रममा डा खतिवडाले हाल उत्पादन, लगानी लगायतका क्षेत्रहरु धरासायी स्थितिमा पुगेको समेत स्पष्ट पारे । उनले भने, ‘नेपालको अर्थतन्त्रको विकासका लागि नेपाल राष्ट्र बैंकले खर्चको परिचालनमा विशेष ध्यान दिनु जरुरी छ ।’ उनका अनुसार निक्षेपको ब्याजदर घटेमात्र कर्जाको ब्याजदरमा गिरावट आउन सक्छ । हाल सरकारले जग्गाको कित्ताकाटमा रोकावट ल्याएकै कारण कालो सूचीमा पर्ने व्यवसायीको संख्यामा तीन गुणाले वृद्धि आएको उनको आंकलन छ ।
राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष तथा अर्थविद डास्वर्णिम वाग्लेले कोभिड १९ ले विश्व अर्थतन्त्रमा प्रभाव पारेका कारण नेपालको अर्थतन्त्रमा समेत प्रभाव परेको बताएका छन् ।
नेपाल चेम्बर अफ कमर्शले आज काठमाडौँमा आयोजना गरेको ‘अर्थतन्त्रः आजको बाटो’ विषयक अन्तर्क्रिया कार्यक्रममा विगत ५–७ वर्षदेखि देशमा वैदेशिक ऋणको अवस्था बढेको भन्दै उनले देशको राज्यको राजस्व संकलन र खर्चमा अवस्थामा ठूलो खाडल रहेको स्पष्ट पारे । उनी भन्छन्, ‘देशका झण्डै चार लाख ८० हजार राज्यको तलबबाट चल्ने गर्छन्, श्रीलङ्काले पनि देशको खर्च कटौती गर्न राष्ट्रसेवक कटौती गरेको थियो ।
त्यसलाई नेपालले पनि अवलम्बन गर्नुपर्ने देखिन्छ ।’ उनले देशको आयातको भन्दा निर्यातको स्थिति निराशाजनक रहेको बताए । सरकारले आयातलाई कटौती गर्दै देशभित्रै उत्पादनको स्थितिलाई बढाउनुपर्ने बताए ।
FACEBOOK COMMENTS