ललितपुर । जुत्ता बजारमा एकदमै छोटो समयमा ‘ब्रान्ड’ बनिसकेको दुल्लाले आफ्नो नयाँ शोरुम ललितपुरको झम्सिखेलमा खोलेको छ । नायिका राउतको हातबाट रिबन काटेर आज शोरुमको औपचारिक शुभारम्भ गरिएको हो ।
काठमाडौँ कमलपोखरी को एउटा सानो शोरुम बाट सुरु गरिएको दुलाको अहिले काठमाडौँसहित दमक, धरान, चितवन, पोखरा र बुटवल मा आउट लेट रहेको छ ।
विदेशी ब्रान्डलाई चुनौती दिन सक्ने डिजाइन र मूल्यको ‘फुटवेयर’ उत्पादन गर्ने लक्ष्य लिएर सुरु भएको दुल्लाले अहिले जुत्ता मात्र नभई छालाका ब्याग, बेल्ट (पेटी) र अन्य सामग्री उत्पादन गर्दै आएको छ । सुरुमा जुत्ता–चप्पलबाट थालिएको दुल्लाको व्यापार यति बेला महिला र पुरुष दुवैका लागि ‘बेल्ट’, ‘वालेट’ र ब्यागसम्म आइपुगेको छ ।
दुल्ला ब्रान्डका सामान अमेरिका, न्युजिल्यान्ड, क्यानडा, अस्ट्रेलिया, जापान, दुबई, बेलायतसहित केही युरोपेली देशबाट अर्डर आउने गरेको छ । दुल्लाले आफ्ना उत्पादन विभिन्न देशमा निर्यात पनि गर्दै आएको छ ।
FACEBOOK COMMENTS