काठमाडौं । जिल्ला अदालत काठमाडौंले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धरौटीमा छाड्न आदेश दिएको छ ।
विद्युतीय (इलेक्ट्रोनिक) कारोबारसम्बन्धी कसुरमा मुद्दा चलाइएका प्रसाईंलाई जिल्ला न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासले मंगलबार प्रसाईंसँग दुई लाख धरौटी लिएर छाड्न आदेश दिएको हो ।
प्रसाईं राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक समेत हुन् ।
रास्वपा सांसद रचना खतिवडामाथि गरेको टिप्पणीका आधारमा पक्राउ गरी प्रसाईंविरूद्ध विद्युतीय कारोबार कसुर गरेको अभियोग दर्ता भएको थियो ।