काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ।
सोमबार न्यायाधीश उद्धवप्रसाद गजुरेलको इजलासले प्रसाईंलाई तीन दिन हिरासतमा राख्न अनुमति दिएको हो।
उनलाई सोमबार साइबर ब्युरोको टोलीले भक्तपुरस्थित निवासबाट सोमबार पक्राउ गरेको हो। यसअघि पनि प्रसाईं विभिन्न मुद्दामा पटक–पटक पक्राउ पर्दै छुट्दै आएका थिए।
प्रसाईंमाथि साइबर अपराधसम्बन्धी विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
के कसुरमा पक्राउ परे दुर्गा प्रसाईं ? (भिडिओ सहित)
