काठमाडौं । एक महिने रमजान पर्व समापन भएको अवसरमा आज मुस्लिम समुदायले इद उल फित्र पर्व मनाउँदै छन् । इद उल फित्र मुस्लिमहरूको सबैभन्दा ठूलो चाड हो, जुन रमजान महिना पूरा भएपछि मनाइन्छ ।
उपवास ईद उल फित्र सँगै समाप्त हुन्छ । इस्लामिक क्यालेन्डरका अनुसार रमजानपछि शवालको पहिलो दिन इद उल फित्र मनाइन्छ । यो बिहान प्रार्थना सँगै सुरू हुन्छ ।
रमजान फागुन ७ गते विहिबारबाट सुरू भएको थियो । त्यसैले आज चैत्र ७ गते शनिबार इद उल फित्र मनाइँदैछ । इस्लामिक मान्यता अनुसार, रमजानमा शुद्ध हृदयले व्रत बस्ने र नमाज अदा गर्नेहरूका सबै पापहरू अल्लाहले क्षमा गर्छन् ।
इस्लामिक विश्वास अनुसार कुरान पहिलो पटक रमजान महिनाको अन्त्यमा मात्र आएको थियो । मक्काबाट पैगम्बर मोहम्मदको बसाई पछि पवित्र शहर मदिनामा इद उल फित्र मनाउन सुरू भएको थियो । यो विश्वास गरिन्छ कि पैगम्बर हजरत मुहम्मदले बद्रको युद्ध जितेका थिए ।
यो जितको खुसीमा उनले सबैको मुख मीठो बनाएका थिए । यो दिनलाई मेथी ईदी वा ईद उल फित्रको रूपमा मनाइन्छ । यस दिन भर्मीसेली, मिठाई जस्ता मीठो परिकार बनाइन्छ । घरमा आएका पाहुनालाई मीठो सेरा खुवाइन्छ । इदी साथीभाइ र आफन्तहरूमा बाँडिन्छ । मानिसहरूले एकअर्कालाई अँगालो हालेर ईद मुबारकको शुभकामना दिन्छन् । इद उल फित्रलाई परोपकारको पर्व पनि भनिन्छ ।

ईदको अवसरमा मुस्लिम धर्मावलम्बीहरूले बिहान नयाँ लुगा लगाएर नमाज अदा गर्छन् । त्यसपछि आफ्ना साथीहरू र परिवारका सदस्यहरूसँग सँगै चाड मनाउछन् । यसलाई खुसी बाँड्ने पर्व मानिन्छ । यस दिन मुस्लिमहरूले शीर खुर्मा र सेमसेलीजस्ता स्वादिष्ट परिकार र उपहारहरू आदानप्रदान गर्छन् ।

सरकारले भोलि दियो सार्वजनिक बिदा

FACEBOOK COMMENTS