काठमाडाैं । प्रतिनिधिसभाका सदस्य एकनाथ ढकाल आज संयुक्त राज्य अमेरिका प्रस्थान गरेका छन् । सांसद ढकालले यही जनवरी २० तारिखमा अमेरिकाको वाशिङ्टन डीसीमा आयोजना हुने अमेरिकन राष्ट्रपति डोनल्ड ट्रम्पको शपथ ग्रहण कार्यक्रममा सहभागी हुन अमेरिका गएका हुन् ।
भ्रमणमा सांसद ढकालसंगै उनकी श्रीमती ब्लेसी गाडन ढकाल पनि सहभागि हुनेछिन् । पूर्वमन्त्रसमेत रहेका सांसद ढकाललाई नेपाल परिवार दलका वरिष्ठ उपाध्यक्ष विनोद डाँगी, महामन्त्री प्रकाशबाबु थापा साथै केन्द्रीय सदस्यहरू निला श्रेष्ठ, कामना भुसाल, अधिवक्ता विष्णु गिरीलगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेका थिए ।
बिदाइका क्रममा बोल्दै सांसद ढकालले विश्वकै शत्तिशाली राष्ट्रको राष्ट्रप्रमुखको शपथ ग्रहरणमा सहभागिताले नेपाल-अमेरिका सम्बन्ध थप प्रगाढ बनाउन मद्दत पुग्ने बताए ।
सांसद ढकाल ढकाल प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति सदस्य हुन् । साथै नेपाल-अमेरिका संसदीयमैत्री समूहमा समेत उनी आबद्ध छन् । ढकाल विश्वका दर्जनौं राष्ट्रका राष्ट्रप्रमुख तथा सरकार प्रमुखसँग राम्रो सम्बन्ध स्थापित भएका नेताका रूपमा चिनिन्छन् ।
FACEBOOK COMMENTS