काठमाडौं । आज इलाम जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं २ को प्रतिनिधि सभा सदस्य र बझाङ जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं १ को प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं १ को प्रदेश सभा सदस्य उपनिर्वाचन सकिएको छ । दुवै निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ ।
मतदान सम्पन्न भएका सबै मतदानस्थलबाट मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ढुवानीको कार्य भइरहेको बताइएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय र स्थानीय प्रशासनबाट प्राप्त जानकारी अनुसार इलाम प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं २ का मतपेटिका मतगणना स्थल इलाम नगरपालिका वार्ड नं ७ स्थित गौतम बुद्ध सभागृहमा ११ बजेभित्र र बझाङ प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं १ का मतपेटिका मतगणना स्थल बझाङ जिल्ला अदालत चैनपुरमा हवाईमार्गबाट समेत ढुवानी गर्नुपर्ने भएकोले आइतबार बिहान १० बजेभित्र ढुवानी हुनेछ ।
बझाङ जिल्ला साइपाल गाउँपालिकाको ३ स्थानका मतपेटिका नेपाली सेनाको हेलिकप्टरबाट जिल्ला सदरमुकामसम्म ल्याउने व्यवस्था गरिएको छ ।
निर्वाचनको स्वतन्त्रता र निष्पक्षतामा कहीँ कतैबाट विवाद हुन नदिन र त्यस्तो अवस्था सृजना भएमा निर्वाचन विवाद ९सुनुवाइ र निरूपण० सम्बन्धी कार्यविधि, २०७६ बमोजिम विवाद निरूपण गरी कार्य गर्न आयोगले सम्बन्धित मुख्य निर्वाचन अधिकृतलाई आयोगले निर्देशन दिएको छ ।
सम्पन्न निर्वाचनमध्ये इलाममा करिब ५८ प्रतिशत र बझाङमा करिब ५० प्रतिशत मतदान खसेको छ । मतगणना भने भोली बाट मात्रै हुने सम्भावना बढेको छ । इलाममा १ लाख १५ हजार ८ सय ८९ र बझाङमा ६१ हजार ७ सय ४८ मतदाता रहेका थिए ।
मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनमा इलाम जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं। २ मा ५९ दशमलव ७८ प्रतिशत तथा बझाङ जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं। १ को प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं। १ मा ५२ दशमलव ९८ प्रतिशत मतदान भएको थियो ।
FACEBOOK COMMENTS