काठमाडाैं । साल्ट ट्रेडिङ कर्पोरेसनले यस वर्षको दशैँ, तिहार र छठ पर्व लक्षित सुपथ मूल्य पसल सञ्चालन गरिसकेको छ ।
सुपथ मूल्य पसल साल्ट ट्रेडिङका देशैभरि रहेका वितरण केन्द्रहरूमा सञ्चालन गरिएको हो ।

आम उपभोक्ताले चाडपर्वमा हुने अस्वाभाविक मूल्य वृद्धि, कालोबजारी र बजारमा देखिएका अन्य किसिमका समस्याको सामना गर्न नपरोस् भन्ने उद्देश्यका साथ हरेक वर्ष कर्पोरेसनले यस्तो पसल सञ्चालन गर्दै आएको छ । खाद्य सामग्री बजारमा भन्दा कर्पोरेसनमा सुपथ मूल्यमा पाइने भएकाले उपभोक्ताहरूको भिड लागेको छ ।


सुपथ मूल्य पसल साल्ट ट्रेडिङले असोज एक गतेदेखि सुरु गरेको हो भने यो छठ पर्वसम्म सञ्चालन हुनेछ । पसल बिहान ९ बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन हुन्छ । यो पसल काठमाडौं उपत्यकाका १३ वटा वितरण केन्द्र र उपत्यका बाहिरका २५ वटा वितरण केन्द्रमा सञ्चालन गरिएको छ ।


