काठमाडौं । पार्टी गठन भएको करिब चार वर्षमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि चितवनमा सुरू भएको छ ।
पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री समेत रहेका वरिष्ठ नेता बालेन्द्र (बालेन) साहले संयुक्त रूपमा घण्टी बजाएर महाधिवेशन उद्घाटन गरे । चितवनको भरतपुरस्थित उद्योग वाणिज्य सङ्घको खुला चौरमा आयोजित उद्घाटनसत्र भव्य भएको रास्वपाले बताएको छ ।
४ हजार २ सय भन्दा बढी प्रतिनिधि सहभागी हुने महाधिवेशनको उद्घाटनसत्र कस्तो रह्यो ? हेरौँ केही तस्बिरहरू–




