काठमाडौं । सरकारले शनिबार खाली गरेको सुकुम्बासी बस्तीमा पालिएका घरपालुवा जनावहरूलाई सोही ठाउँमा राखेर रेखदेख गरिरहेको छ ।
स्नेहा केयर र क्याट लगायतका संस्थास्थाहरूसँगको सहकार्यमा सरकारले ती घरपालुवा जनावरहरूको रेखदेख गरिरहेको हो ।
ती संस्थाहरूले जनावरहरूलाई खाना खुवाउने, संरक्षण गर्ने तथा बिरामी भएका घरपालुवा जनावरहरूको उपचार गर्ने कार्य गर्दै आएका छन् ।
साथै, घाइते तथा बेवारिसे जनावरहरूको उद्धार, हेरचाह र आवश्यक स्वास्थ्य सेवा प्रदान गर्ने काम समेत गरिरहेको छ ।
हेर्नुहोस् तस्बिरहरू–


