काठमाडौं । ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनामा करार सेवामा काम गरिरहेकालाई स्थायी गर्न माग गर्दै कर्मचारी आन्दोलित भएका छन् । उनीहरुले भोलि बुधबारदेखि माथिल्लो तामाकोसी आयोजनाबाट अनिश्चितकालको लागि विद्युत् उत्पादन नै बन्द गर्ने निर्णय गरेका छन् ।
आयोजना व्यवस्थापनसँग यसअघि भएको सहमतिअनुसार करारका कर्मचारीलाई स्थायी नगरी ज्यालादारी कर्मचारी भर्ना गर्न प्रक्रिया अघि बढाएको भन्दै माथिल्लो तामाकोसी स्वतन्त्र कर्मचारी युनियनले भोलिदेखि आयोजनाका सबै प्लान्टबाट उत्पादन ठप्प पार्ने निर्णय गरेको हो ।
कम्पनीले तिहार र छठपछि वार्तामार्फत समस्या समाधानका लागि फेरि पहल थाल्ने विज्ञप्तिमार्फत बताएको छ ।
