काठमाडौँ । इङल्याण्डले न्यूजील्याण्डविरुद्धको टेस्ट जितेको छ ।
खेलको चौथो दिन २५४ रनको लक्ष्य पछाएको न्यूजील्याण्ड दोस्रो इनिंगमा १३८ रनमा अलआउट भएपछि इङल्याण्डले ३ खेलको सिरिजको पहिलो टेस्ट ११५ रनले जितेको हो ।
यसअघि इङल्याण्डले यस टेस्टको पहिलो इनिंगमा १४० रन बनाएको थियो भने न्यूजील्याण्डले पहिलो इनिंगमा ११३ रन बनाएको थियो । त्यस्तै इङल्याण्डले दोस्रो इनिंगमा २२६ रन बनाएपछि न्यूजील्याण्डलाई २५४ रनको लक्ष्य दिएको थियो ।
खेलका दुवै इनिंगमा ७ विकेट लिएका र ३० रन बनाएका इङल्याण्डका ओली रोबिन्सन खेलको प्लेयर अफद म्याच बनेका छन् ।
यो जितपछि इङल्याण्डले ३ खेलको सिरिजमा १-० को अग्रता लिएको छ । अब सिरिजको दोस्रो खेल जुन १७ देखि ओभलमा हुने तालिका रहेको छ ।
