काठमाडौं । एभरेष्ट बैंक लिमिटेड र नेपाल क्लियरिङ हाउस लिमिटेडबीच अलिपेको नेटवर्कमा रहेका सदस्य वालेटहरूमार्फत नेपाल पे मर्चेन्टहरूका क्यूआरमा अन्तरदेशीय भुक्तानी गर्नका लागि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ तथा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेशमानसिंह प्रधानले हस्ताक्षर गरेका हुन् ।
यस सम्झौताअन्तर्गत नेपालमा रहेका नेपाल पे क्यूस्आर तथा यसका इन्ट्रोपेरेबल क्यूआरको मर्चेन्ट क्यूआरमा अलिपेको नेटवर्कमार्फत भुक्तानी गर्न सकिने छ ।
चीन, हङकङ, सिंगापुर, मलेसिया, इन्डोनेसिया, फिलिपिन्स, मंगोलिया, थाइल्याण्ड, दक्षिण कोरिया, स्विडेन तथा इटलीलगायतका देशहरूबाट नेपाल आएका पर्यटकहरूले आनो डोमेस्टिक वालेटमार्फत नेपालमा रहेका नेपाल पे क्यूआर तथा यसको इन्ट्रोपेरेबल क्यूआरमा सजिलै भुक्तानी गर्न सक्ने सम्झौतामा उल्लेख छ । अलिपेको नेटवर्कमा ६६ वटा विभिन्न ग्लोबल मार्केटअन्तर्गत ३० भन्दा बढी इसुइङ उपकरण, ३०० भन्दा बढी अक्वरिङ नेटवर्क, ९ करोडभन्दा बढी ग्लोबल मर्चेन्टहरू आबद्ध छन् ।
FACEBOOK COMMENTS