काठमाडौं । दुई वर्षपछि आयोजित ‘फीन इलेक्ट्रो टेक २०२४’ मेला बिहीबारदेखि सुरू भएको छ । मेलाको उद्घाटन सत्रलाई सरकारका उपप्रधान तथा तथा शहरी विकासमन्त्री प्रकाशमान सिंह र व्यवसायीहरूले सम्बोधन गरेका छन् । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा ‘प्रविधिको नयाँ आयाम, विद्युतीय सामग्रीमा सुरक्षा र गुणस्तर कायम’ नाराका साथ सुरू मेला मंसिर २ गतेसम्म चल्नेछ ।
मेलामा विद्युत तथा विद्युतीय सामग्रीहरूको व्यवसाय विकास एवं यस क्षेत्रसँग आबद्ध आन्तरिक र अन्तर्राष्ट्रिय व्यापारको सहजीकरण एवं प्रवर्द्धनका लागि इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स सामग्रीहरूको अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी गरिएको छ ।
हेर्नुहोस् ‘फीन इलेक्ट्रो टेक २०२४’ शुभारम्भका थप तस्बिरहरू-
FACEBOOK COMMENTS