काठमाडौँ । अर्थमन्त्री रामेश्वर खनालले आगजनीबाट प्रभावित भाटभटेनीको कोटेश्वर शाखा अवलोकन गरेका छन् ।
जेनजी आन्दोलनका क्रममा आन्दोलनकारीले आजगनी गरेपछि ध्वस्त भएको भाटभटेनीको कोटेश्वर शाखाको अनुगमन गर्दै अर्थमन्त्री खनालले दृढता र हौसला मिलेको भाटभटेनीले जनाएको छ ।
भाटभटेनीले भनेको छ– अर्थमन्त्री खनालको उपस्थितिले हामीलाई दृढता र हौसला मिलेको छ, जसले हामीलाई अझ सबल भएर अघि बढ्न प्रेरित गरेको छ ।
भौतिक संरचना भत्किन सक्छ, तर भाटभटेनीको आत्मा कहिल्यै टुट्दैन । हामी अझ सबल भएर पुन:निर्माण गर्नेछौं र नेपाली जनताको सेवामा निरन्तर प्रतिबद्ध रहनेछौं ।’ अर्थमन्त्री खनालले आजै थापाथलीस्थित सिजी शो रुमको पनि अनुगमन गरेका थिए ।
FACEBOOK COMMENTS